Posts

Showing posts from January, 2023

Letter from Foreign Grave by D.B. Gurung || B.Ed. First Year || Compulsory English || TU

Image
  About this poem:  The poem " Letter from the  Foreign Grave"  is written by D.B Gurung. It highlights the  lamentations of a Gurkha soldier who is killed in foreign land. The speaker in the poem sends his mother massage not to weep for him regretting that he couldn't do anything for her and his motherland. Context of this poem : Every year, hundreds of Nepalese young men join in foreign army.  Nepalese youth  started to join   British Army after Anglo-Nepal war from 1814 to 1816. They are famous worldwide for their fearlessness in war and honesty. They scarce their enemies with   'Khukuri' (traditional Nepali knife). Gurkhas took part in many war fronts like Burma, Ladhakh, NEFA, Malaya, Kargil, Germany, Italy, Tunisia, Falkland, Kosovo, Afghanistan etc. Nepalese youths are also working in Indian Army and Singapore Police. Being a 'Lahure' (a foreign soldier) is a popular culture in some communities in Nepal. 'Lahures' enjoy better economic stat

राष्ट्रिय सुरक्षा व्यवस्थापन: क्षेत्र, अवधारणा, चुनौती र नेपालमा भएका प्रावधानहरू

Image
  × खबरपातो सिर्जनापातो विशेषपातो अर्थपातो विश्वपातो खेलपातो बहसपातो English लोकसेवा  कुरालाई आत्मासात गर्दै राष्ट्रिय सुरक्षा व्यवस्थापनको अवधारणा आत्मसात गरिएको पाइन्छ ।लोकसेवा आयोगले शाखा अधिकृतको दोस्रो पत्रमा राखेको पाठ्यक्रमअनुसार राष्ट्रिय सुरक्षा व्यवस्थापनको प्रश्नलाई समाधान गर्ने तरिका प्रस्तुत गरिएको छ । राष्ट्रिय सुरक्षा राष्ट्रिय सुरक्षा भन्नाले कुनै मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता र अखण्डता रक्षा गर्दै सबै नागरिकलाई संविधान र प्रचलित कानुनअनुसार भयरहित वातावरणमा आत्मसम्मानपूर्ण ढंगले बाँच्ने अवसरको सिर्जना हो । यो मानव जीवनका सबै पक्षसँग सम्बन्धित भएकाले बहुआयामिक, बहुविषयक राष्ट्रिय प्राथामिकताको विषय हो ।  राष्ट्रिय सुरक्षा व्यवस्थापन  राष्ट्रिय सुरक्षा व्यवस्थाको प्रभावकारी सञ्चालन र नियमन नै राष्ट्रिय सुरक्षा व्यवस्थापन हो । राज्यको राजनीतिक, आर्थिक, सामाजिक, वातावरणीयलगायतका सर्वाङ्गीण पक्षको सबलीकरण गर्दै आन्तरिक तथा बाह्य दुवै चुनौतीहरूबाट मुक्त गरी राज्य र जनतालाई सुख, शान्ति, सुव्यवस्था र समृद्धिमा पुर्‍याउनका लागि अपनाइने बहुआयामिक सुरक्षा रणनीतिलाई नै राष्ट्

शासनका आधारभूत पक्षहरू, अवधारणा, विशेषता र सन्दर्भ

शाासनका बारे विभिन्न खालका धारणाहरू प्रस्तुत भएका पाइन्छन् । यतिबेला लोकसेवा आयोगमा तयार पारिएको शाखा अधिकृत दोस्रो पत्र शासन प्रणालीमा समावेश गरिएको शासन प्रणाली खण्डको विषयलाई लोकसेवा सफलताका लागि उपयुुक्त हुने हेतुले यसमा विषयवस्तुलाई देहायअनुसार प्रस्तुत गरिएको छ । शाासनको परिचय  'शासन: नीति, शक्ति र प्रक्रियाको गतिशील परिचालन' राज्य संचालनको क्रममा सरकारद्वारा गरिने मानवीय व्यवहारको नियमन, व्यवस्थापन र नियन्त्रणलाई शासन भनिन्छ । शासनलाई देहायका बुँदामा परिभाषित गर्न सकिन्छ: राज्य संचालन व्यवस्थापनको सम्रग विधि, प्रक्रिया र संरचना । सार्वजनिक मामिलाहरूको व्यवस्थापनमा संलग्न सबै संरचना, पात्र र कार्यहरूको समष्टि । नागरिकका इच्छाहरू अभिव्यक्त गर्ने, अधिकारको अभ्यास गर्ने र कर्तव्य तथा दायित्वहरू निर्वाह गराउने माध्यम वा संयन्त्र । राज्य प्रमुख पात्रका रूपमा रही निजी क्षेत्र, गैरसरकारी संस्था र नागरिक समाजसँगको सहकार्य र साझेदारीमा कार्य गर्ने पद्धति । व्यावसायिक मूल्य, मान्यता र अवधारणाअनुुरूप नागरिक हित प्रवर्द्धनका लागि राज्यका स्रोत, साधन, शक्ति र सम्भावनाहरूको व्यवस्थित प

संविधानवाद भनेको के हो ? संविधानवादको अवधारणाका बारेमा उल्लेख गर्दै संविधानवादका आधारहरु उल्लेख गर्नुहोस।।(3+3+4)

 उत्तर:  संविधानवाद =========== संविधानमा कानूनका निश्चित मूल्य, मान्यता एवम् लोकतन्त्रका आधारभूत विषयहरु समावेश हुनु र संविधानमा समावेश भएका उक्त व्यवस्थाहरुको व्यावहारिक प्रत्याभूति भई शासन सञ्चालन हुनुलाई संविधानवाद भनिन्छ। संविधानवाद  कानूनको शासन, सिमित, उत्तरदायी र असल सरकारको मान्यता हो । निरंकुशता, स्वेच्छाचारिता र अनुत्तरदायी शासनको विपरित धारणा हो। संविधानको आदर्शता र सुन्दर पक्ष हो । संविधानको दर्शन हो। लोकतन्त्रको आदर्श हो। नागरिक सम्प्रभुताको अवस्था हो।उदार तथा लोकतान्त्रिक संविधान र नागरिकका हक, अधिकारलाई ध्यान दिने संविधान बमोजिमको शासन व्यवस्था भएमा मात्र संविधानवाद कायम हुन्छ । संविधानप्रतिको सम्मान, संवैधानिक मर्म र भावनाको पालना, नागरिक हक अधिकारको संरक्षण र स्वतन्त्रताको रक्षा गरी संवैधानिक सर्वोच्चता कायम राख्नु संविधानवादको प्रमुख उदेश्य हो ।  संविधानवादको अवधारणा  =============== संवैधानिक विकाससँगै संविधानवादको अवधारणा आएको हो । अमेरीकी संविधान, फ्रान्सेली संविधान, भारतीय संविधानको संविधानवादको विकासमा महत्वपूर्ण भूमिका रहेको पाइन्छ। सुशासन, मानव अधिकार, कानूनको