Skip to main content

Posts

Showing posts with the label लोक सेवा आयोग

राष्ट्रिय सुरक्षा व्यवस्थापन: क्षेत्र, अवधारणा, चुनौती र नेपालमा भएका प्रावधानहरू

  × खबरपातो सिर्जनापातो विशेषपातो अर्थपातो विश्वपातो खेलपातो बहसपातो English लोकसेवा  कुरालाई आत्मासात गर्दै राष्ट्रिय सुरक्षा व्यवस्थापनको अवधारणा आत्मसात गरिएको पाइन्छ ।लोकसेवा आयोगले शाखा अधिकृतको दोस्रो पत्रमा राखेको पाठ्यक्रमअनुसार राष्ट्रिय सुरक्षा व्यवस्थापनको प्रश्नलाई समाधान गर्ने तरिका प्रस्तुत गरिएको छ । राष्ट्रिय सुरक्षा राष्ट्रिय सुरक्षा भन्नाले कुनै मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता र अखण्डता रक्षा गर्दै सबै नागरिकलाई संविधान र प्रचलित कानुनअनुसार भयरहित वातावरणमा आत्मसम्मानपूर्ण ढंगले बाँच्ने अवसरको सिर्जना हो । यो मानव जीवनका सबै पक्षसँग सम्बन्धित भएकाले बहुआयामिक, बहुविषयक राष्ट्रिय प्राथामिकताको विषय हो ।  राष्ट्रिय सुरक्षा व्यवस्थापन  राष्ट्रिय सुरक्षा व्यवस्थाको प्रभावकारी सञ्चालन र नियमन नै राष्ट्रिय सुरक्षा व्यवस्थापन हो । राज्यको राजनीतिक, आर्थिक, सामाजिक, वातावरणीयलगायतका सर्वाङ्गीण पक्षको सबलीकरण गर्दै आन्तरिक तथा बाह्य दुवै चुनौतीहरूबाट मुक्त गरी राज्य र जनतालाई सुख, शान्ति, सुव्यवस्था र समृद्धिमा पुर्‍याउनका लागि अपनाइने बहुआयामिक सुरक्षा ...

शासनका आधारभूत पक्षहरू, अवधारणा, विशेषता र सन्दर्भ

शाासनका बारे विभिन्न खालका धारणाहरू प्रस्तुत भएका पाइन्छन् । यतिबेला लोकसेवा आयोगमा तयार पारिएको शाखा अधिकृत दोस्रो पत्र शासन प्रणालीमा समावेश गरिएको शासन प्रणाली खण्डको विषयलाई लोकसेवा सफलताका लागि उपयुुक्त हुने हेतुले यसमा विषयवस्तुलाई देहायअनुसार प्रस्तुत गरिएको छ । शाासनको परिचय  'शासन: नीति, शक्ति र प्रक्रियाको गतिशील परिचालन' राज्य संचालनको क्रममा सरकारद्वारा गरिने मानवीय व्यवहारको नियमन, व्यवस्थापन र नियन्त्रणलाई शासन भनिन्छ । शासनलाई देहायका बुँदामा परिभाषित गर्न सकिन्छ: राज्य संचालन व्यवस्थापनको सम्रग विधि, प्रक्रिया र संरचना । सार्वजनिक मामिलाहरूको व्यवस्थापनमा संलग्न सबै संरचना, पात्र र कार्यहरूको समष्टि । नागरिकका इच्छाहरू अभिव्यक्त गर्ने, अधिकारको अभ्यास गर्ने र कर्तव्य तथा दायित्वहरू निर्वाह गराउने माध्यम वा संयन्त्र । राज्य प्रमुख पात्रका रूपमा रही निजी क्षेत्र, गैरसरकारी संस्था र नागरिक समाजसँगको सहकार्य र साझेदारीमा कार्य गर्ने पद्धति । व्यावसायिक मूल्य, मान्यता र अवधारणाअनुुरूप नागरिक हित प्रवर्द्धनका लागि राज्यका स्रोत, साधन, शक्ति र सम्भावनाहरूको व्यवस्थित प...

संविधानवाद भनेको के हो ? संविधानवादको अवधारणाका बारेमा उल्लेख गर्दै संविधानवादका आधारहरु उल्लेख गर्नुहोस।।(3+3+4)

 उत्तर:  संविधानवाद =========== संविधानमा कानूनका निश्चित मूल्य, मान्यता एवम् लोकतन्त्रका आधारभूत विषयहरु समावेश हुनु र संविधानमा समावेश भएका उक्त व्यवस्थाहरुको व्यावहारिक प्रत्याभूति भई शासन सञ्चालन हुनुलाई संविधानवाद भनिन्छ। संविधानवाद  कानूनको शासन, सिमित, उत्तरदायी र असल सरकारको मान्यता हो । निरंकुशता, स्वेच्छाचारिता र अनुत्तरदायी शासनको विपरित धारणा हो। संविधानको आदर्शता र सुन्दर पक्ष हो । संविधानको दर्शन हो। लोकतन्त्रको आदर्श हो। नागरिक सम्प्रभुताको अवस्था हो।उदार तथा लोकतान्त्रिक संविधान र नागरिकका हक, अधिकारलाई ध्यान दिने संविधान बमोजिमको शासन व्यवस्था भएमा मात्र संविधानवाद कायम हुन्छ । संविधानप्रतिको सम्मान, संवैधानिक मर्म र भावनाको पालना, नागरिक हक अधिकारको संरक्षण र स्वतन्त्रताको रक्षा गरी संवैधानिक सर्वोच्चता कायम राख्नु संविधानवादको प्रमुख उदेश्य हो ।  संविधानवादको अवधारणा  =============== संवैधानिक विकाससँगै संविधानवादको अवधारणा आएको हो । अमेरीकी संविधान, फ्रान्सेली संविधान, भारतीय संविधानको संविधानवादको विकासमा महत्वपूर्ण भूमिका रहेको पाइन्छ। सुशा...

महत्वपुर्ण समसामयिक सामान्य ज्ञान || TSC || PSC

महारानी एलिजावेथ द्वितीय  * ✍️बेलायतकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा सन् २०२२ सेप्टेम्वर ८ मा निधन भएको हो । * ✍️६२ औं साक्षर जिल्ला कञ्चनपुर, घोषणा–२०७९ भाद्र २३ (६१ औं बाँके–२०७९ असार ३२) हो भने पहिलो साक्षर घोषित जिल्ला ललितपुर (वि.सं. २०७१ असार ९) हो । १५✍️ जिल्ला साक्षर घोषणा हुन बाँकी । * ✍️प्रदेश १ साक्षर प्रदेश घोषणा–वि.सं. २०७९ भाद्र २३, तेस्रो प्रदेश ( पहिलोः वागमति, दोस्रोः गण्डकी) * ✍️वीरगञ्जमा मधेश विश्वविद्यालयको स्थापना (अब १३ ओटा विश्व विद्यालय, वि.सं. २०७९ भाद्र २३) * ✍️मानव विकास सूचकांक, २०२१ मा नेपाल ०.६०२ अंक सहित १४३ औं स्थानमा पर्न सफल भएको छ । * ✍️१९ औं निजामती सेवा दिवसको नारा ‘‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने रहेको थियो । * ✍️मदन पुरस्कार, २०७८ डा. नवराज लम्सालको कविता संग्रह अग्नीलाई प्रदान गरिएको छ भने जगदम्बा श्री पुरस्कार सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिएको छ । * ✍️वि.सं. २०७९ भाद्र २० महिला राष्ट्रिय फुटबल टोलिको नयाँ कप्तानमा एन्जिला तुम्बापो सुब्बा नियुक्त भएकि छन् * ✍️बेलायतको नयाँ प्रधानमन्त्रीमा लिज ...