Skip to main content

राष्ट्रिय सुरक्षा व्यवस्थापन: क्षेत्र, अवधारणा, चुनौती र नेपालमा भएका प्रावधानहरू

 


राष्ट्रिय सुरक्षा

राष्ट्रिय सुरक्षा भन्नाले कुनै मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता र अखण्डता रक्षा गर्दै सबै नागरिकलाई संविधान र प्रचलित कानुनअनुसार भयरहित वातावरणमा आत्मसम्मानपूर्ण ढंगले बाँच्ने अवसरको सिर्जना हो । यो मानव जीवनका सबै पक्षसँग सम्बन्धित भएकाले बहुआयामिक, बहुविषयक राष्ट्रिय प्राथामिकताको विषय हो । 

राष्ट्रिय सुरक्षा व्यवस्थापन 

राष्ट्रिय सुरक्षा व्यवस्थाको प्रभावकारी सञ्चालन र नियमन नै राष्ट्रिय सुरक्षा व्यवस्थापन हो ।

राज्यको राजनीतिक, आर्थिक, सामाजिक, वातावरणीयलगायतका सर्वाङ्गीण पक्षको सबलीकरण गर्दै आन्तरिक तथा बाह्य दुवै चुनौतीहरूबाट मुक्त गरी राज्य र जनतालाई सुख, शान्ति, सुव्यवस्था र समृद्धिमा पुर्‍याउनका लागि अपनाइने बहुआयामिक सुरक्षा रणनीतिलाई नै राष्ट्रिय सुरक्षा व्यवस्थापन भनिन्छ ।

राष्ट्रिय सुरक्षा व्यवस्थापनका आधारभूत आयामहरू, क्षेत्र, कार्य क्षेत्र, अन्तरवस्तु र तत्त्व निम्नानुसार छन् ।

१) आन्तरिक सुरक्षा व्यवस्थापन 
२) बाह्य सुरक्षा व्यवस्थापन 

१) आन्तरिक सुरक्षा व्यवस्थापन 

- नागरिक सुरक्षा नागरिकको सुखी र खुसी जीवनको सुरक्षा
- नागरिक जीवनको सर्वतोमुखी सुरक्षा 
- नागरिक जीवनको सर्वाङ्गीण तवरले संरक्षण
- राजनीतिक सुरक्षा राजनीतिक प्रणालीमा स्थिरता 
- जनउत्तशदायी शासन 
- मानवअधिकार
- कानुनी राज्य र सुशासन 

आर्थिक सुरक्षा 

- आर्थिक सबलीकरण 
- आत्मनिर्भर अर्थतन्त्र 
- आर्थिक समुन्नति 

सामाजिक सुरक्षा 

- सामाजिक संरक्षण, न्याय र सुरक्षा 
- समानता, सहिष्णुता र ऐक्यबद्धता 
- समृद्ध सामाजिक जीवन 

अन्य सुरक्षा 

- पर्यावरणीय सुरक्षा 
- राष्ट्रियता र एकताको प्रवर्द्धन 
- शान्ति र सुव्यवस्था 
- द्वन्द्व व्यवस्थापन 
- सैन्य शक्ति र क्षमतामा स्तरोन्नति 
- समझदारी र सद्भाव निर्माण 

२) बाह्य सुरक्षा व्यवस्थापन 

क) अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति  

- सुमधुर अन्तर्राष्ट्रिय सम्बन्ध
- सन्तुलित कूटनीतिक व्यवहार
- अन्तर्राष्ट्रिय सौहार्दता र सहकार्य

ख) शक्ति सन्तुलन र सीमा सुरक्षा 

- सीमा विवाद निरूपण 
- सीमा क्षेत्रका अपराध नियन्त्रण 
- सन्तुलित र सहकार्यात्मक सैन्य अभ्यास र समन्वय 

ग) विश्वव्यापी सुरक्षा र साझेदारी 

- आतंक नियन्त्रण, संगठित अपराध नियन्त्रण 
- जलवायु अनुकूलता 
- समावेशी विकास, सहकार्य र साझा प्रयत्न 
- विश्वव्यापी मानवीय सुरक्षा 

राष्ट्रिय सुरक्षा व्यवस्थापन अवधारणा 

यसको सुरुवात अमेरिकाबाट भएको हो । यसअन्तर्गत निम्नलिखित अवधारणा पर्छन् । 

क) परम्परागत अवधारणा (द्वितीय विश्वयुद्धअघिको अवधारणा)

- राष्ट्रिय सम्प्रभुता, सीमा र अखण्डताको रक्षा 
- बाह्य असुरक्षाको प्रतिरक्षा 
- परम्परागत कूटनीति 
- जनताको जीउधनको रक्षा एकपक्षीय सुरक्षा वा सैन्य सुरक्षालाई महत्त्व दिएको 

ख) आधुनिक अवधारणा (द्वितीय विश्वयुद्धपछिको अवधारणा)

- यूएनअको स्थापना/सुरक्षा परिषद् गठन 
- १९४७ माअमेरिकामा राष्ट्रिय सुरक्षा परिषद्को गठन 
- शीत युद्धको लहर 
- विश्व ध्रुवीकरण र असंलग्न राष्ट्रहरूको निर्माण 
- यूएनको सहयोयमा विल्ली ब्रान्टको गठन, १९८०
- विश्वव्यापीकरणको अवधारणा- १९९० को दशक 
- सन् २००९ मा यूएनडीपी अवधारणा, जसमा 
मानव सुरक्षा, सामाजिक सुरक्षा, आर्थिक सुरक्षा, वातावरण/पर्यावरण सुरक्षा, दिगो विकास, अपराध नियन्त्रण पर्छन् ।

राष्ट्रिय सुरक्षा व्यवस्थापनमा देखिएका चुनौतीहरू

१) आन्तरिक सुरक्षाका चुनौतीहरू

- नेपाल र नेपालीको सुरक्षा
- सीमा सुरक्षाको प्रभावकारी व्यवस्थापन र संगठित अपराधबाट हुने खतरालाई नियन्त्रण गर्नु 
- जातीय, भाषिक, धार्मिक, भौगोलिक, लैंगिक आधारमा बाँचेका नेपालीलाई विविधताको सम्मान गर्ने अनि एकता बलियो पार्नु
- सबै प्रकारका प्राकृतिक प्रकोपबाट जनतालाई सुरक्षा
- ठूला पूर्वाधारका आयोजनाहरू, महत्त्वपूर्ण स्थलहरू, अतिविशिष्ट विशिष्ट व्यक्तिको सुरक्षाको चुनौती
- सामाजिक सुरक्षाको सुदृढीकरण 

माथि उल्लेखित चुनौतीका अतिरिक्त राष्ट्रिय सुरक्षा जस्तो संवेदनशील विषयमा सदैव सतर्क रही काम गर्नुपर्ने हुन्छ । 

२) बाह्य सुरक्षाको चुनौती

करिब ६ दशकभन्दा लामो समयदेखि यूएनओको सदस्यको रूपमा असंलग्न आन्दोलनप्रति प्रतिबद्ध रहेको राष्ट्रका छिमेकी मित्र राष्ट्र भारत र चीन तथा अन्य मित्र राष्ट्रहरू समानता, सहअस्तित्व, पारस्परिक समझदारी र असल छिमेकीपनप्रतिको हाम्रो विश्वासको आधारमा सम्बन्ध राख्न चाहन्छन् । बाह्य सुरक्षाका निम्ति निम्नलिखित चुनौती देख्न सकिन्छ ।

- समानता, सहअस्तित्व, पारस्परिक समझदारी र असल छिमेकीपनप्रतिको हाम्रो विश्वास कहिलेकाहीँ पातलिँदै गरेको अनुभूति
- राष्ट्रिय अर्थतन्त्र, बढ्दो परनिर्भरता घटाउन बाह्य मित्र राष्ट्र तथा दातृ संस्थासँग सार्थक बहस गर्न सक्ने क्षमता
- सीमा सुरक्षाका सवाल

नेपालको राष्ट्रिय सुरक्षाका विद्यमान प्रावधानहरू

क) संवैधानकि प्रावधान 

- राष्ट्रिय सुरक्षा तथा एकतासम्बन्धी नीति, धारा ५१ 
- राष्ट्रिय सुरक्षा परिषद्, धारा २६६
- संकटकालीन अवस्थाको घोषणा वा आदेश, धारा २७३
- शान्ति र मैत्री सुरक्षा र सामाजिक सम्बन्ध नेपाल राज्यको सिमानाको सन्धि वा सम्झौताको संघीय संसदको २ तिहाइबाट अनुमोदन, सम्मउलन, स्वीकृति वा समर्थन, ‌धारा २७९ 
- अन्तर्राष्ट्रिय समन्वयसम्बन्धी निर्देशक सिद्धान्त, धारा ५०
- परराष्ट्र नीति, धारा ५१ 
- मौलिक हकहरू

ख) कानुनी प्रावधान

- नेपाल सररकार कार्य विभाजन नियमावली, २०७४
- सुशासन ऐन, २०६४ नियमावली, २०६५
- मानवअधिकार आयोग ऐन, २०६८
- निर्वाचनसम्बन्धी कानुनहरू

सुरक्षा निकायसम्वद्ध कानुनहरू

- नेपाल प्रहरी ऐन, २०१२ र नियमावली, २०७१ 
- हातहतियार तथा खरखजानासम्बन्धी ऐन, २०१९
- स्थानीय सरकार सञ्चालन ऐन, २०७४
- नेपाल सशस्त्र प्रहरी ऐन, २०५८
- सैनिक ऐन, २०६३
- संगठित अपराध निवारण ऐन, २०७०

आर्थिक कानुनहरू

- आर्थिक कार्यसम्बन्धी ऐन, २०५५ र नियमावली, २०५६
- सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ 
- लेखापरीक्षण ऐन, २०७५

सामाजिक कानुनहरू

- योगदानमा आाधारित सामाजिक सुरक्षा ऐन, २०७४
- जेष्ठ नागरिक ऐन, २०६३
- छुवाछुत तथा जातीय भेदभावविरुद्धको कसुर र सजायसम्बन्धी ऐन, २०६८

पर्यावरणीय कानुनहरू

- वातावरण संरक्षण ऐन, २०७६
- उपभोक्ता संरक्षण ऐन, २०७५
- जलस्रोत ऐन, २०४९
- खानी तथा खनिज पदार्थसम्बन्धी ऐन, २०४२

ग) संस्थागत  प्रावधान 

- नेपाल सरकारका मन्त्रालयहरू, गृह मन्त्रालय, रक्षा मन्त्रालय, शान्ति मन्त्रालय आदि
- राष्ट्रिय सुरक्षा परिषद् , प्रधानमन्त्रीको अध्यक्षतामा संविधानको धारा २६६ अनुसार
- केन्द्रीय सुरक्षा समिति, गृहमन्त्रीको अध्यक्षतामा 
- क्षेत्रीय सुरक्षा समिति, क्षेत्रीय प्रशासकको अध्यक्षतामा 
- जिल्ला सुरक्षा समिति, प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा

नेपालको आन्तरिक र बाह्य सुरक्षालाई थप प्रभावकारी र सुदृढ गर्न निम्न उपायहरू अवलम्बन गर्नु उपयुक्त हुन्छ । 

- इमान्दार र देशभक्तिपूर्ण सोचका आधारमा सरकारमा रहेका राजनीतिक दल र अन्य राजनीतिक दलले राष्ट्रिय सुरक्षामा एउटै मत तयार पार्ने
- सुरक्षामा प्रत्यक्ष रूपमा क्रियाशील प्रशासनिक र सुरक्षा अधिकृतलाई बिना कुनै राजनीतिक हस्तक्षेप व्यावसायिक उत्कृष्टताका आधारमा परिचालन गर्ने
- अपराधको राजनीतीकरण र राजनीतिको अपराधीकरण रोकेर कानुनको सर्वोच्चतालाई मन, वचन र कर्मले लागू गर्ने
- अर्थतन्त्र सबलीकरण
- सबै मित्र राष्ट्रसँग उच्च स्तरको बौद्धिक, विवेकपूर्ण र राष्ट्रिय हितअनुकूल परराष्ट्र नीति संचालन गर्ने
- राजनीतिक र प्रशासनिक क्षमताको विकास ।

निष्कर्ष

राष्ट्रिय सुरक्षाका सबै प्रकारका चुनौतीहरू सम्बोधन गर्न नेपालको प्रशासन समक्ष भए तापनि यसको परिचालन र संस्थागत क्षमता अभिवृद्धिमा अझ बढी ध्यान दिएर राष्ट्रिय सहमतिसहित अघि बढ्न उच्च राजनीतिक नेतृत्व तयार हुनुपर्छ ।

Comments

Popular posts from this blog

Class 12 Optional English 11 Sets Past Paper(2078-2081) Solution

 Class 12 Optional English 11 Sets Past Paper Solution   CDC Model Question 2078 Optional English Grade: XII                                 Time: 3 Hours                      Full Marks: 75 Group-A Choose and copy the best answer. (11×1=11) 1.      What is a dead language?                 i.    A language no longer used in everyday life.               ii.    A language that no one speaks any more.            iii.    A language that is learnt solely for ceremonial p...

Who was Khaptad Baba? (Biography) by Ganesh B. Dhami

Khaptad Baba Khaptad Swami or Khaptad Baba was an eremite who is reported to one day have come to the Khaptad plateau of western Nepal from Punjab, India during 1940s in his 60s. Yet, some historians argue that h e had come from Pakistan since some of his writings are written in Urdu. Much about the origin and background of Khaptad Swami is shrouded in mystery. Some speculate that he was a medical doctor trained in England. It is rumored that when he was practicing in a hospital, he was astonished by some miracles of life and death phenomenon, like a declared dead person revived, which was almost impossible from the perspective of modern science. He was once, desperately trying to save the life of a child. But minute by minute, the child was going towards the dark cave of the death. He found himself utterly helpless. Then, a hermit came in his town of Jammu-Kashmir with Himalayan herbs and power of Yoga, saved the life of that child. After that incident, he kne...

Abiku(poem) by Wole Soyinka

  Abiku -Wole Soyinka "Abiku" is a poem by Wole Soyinka that explores the Yoruba concept of the abiku, a spirit child who is born repeatedly to the same mother, only to die young and return to the spirit world. The poem is rich in imagery, symbolism, and Yoruba cultural references. Summary of Abiku The poem is narrated by the abiku itself, who speaks with a sense of pride and defiance. It declares that no matter how many sacrifices or rituals are performed, it will continue to return and die again. The abiku describes its familiarity with suffering, hunger, and the pain of its repeated existence. It seems to challenge the efforts of its parents to keep it alive, suggesting that it is beyond human control. Themes in Abiku a.      Fate and Destiny – The abiku is trapped in a cycle of birth and death, suggesting that some things are beyond human influence. b.      The Supernatu...