राष्ट्रिय सुरक्षा व्यवस्थापन: क्षेत्र, अवधारणा, चुनौती र नेपालमा भएका प्रावधानहरू

 


राष्ट्रिय सुरक्षा

राष्ट्रिय सुरक्षा भन्नाले कुनै मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता र अखण्डता रक्षा गर्दै सबै नागरिकलाई संविधान र प्रचलित कानुनअनुसार भयरहित वातावरणमा आत्मसम्मानपूर्ण ढंगले बाँच्ने अवसरको सिर्जना हो । यो मानव जीवनका सबै पक्षसँग सम्बन्धित भएकाले बहुआयामिक, बहुविषयक राष्ट्रिय प्राथामिकताको विषय हो । 

राष्ट्रिय सुरक्षा व्यवस्थापन 

राष्ट्रिय सुरक्षा व्यवस्थाको प्रभावकारी सञ्चालन र नियमन नै राष्ट्रिय सुरक्षा व्यवस्थापन हो ।

राज्यको राजनीतिक, आर्थिक, सामाजिक, वातावरणीयलगायतका सर्वाङ्गीण पक्षको सबलीकरण गर्दै आन्तरिक तथा बाह्य दुवै चुनौतीहरूबाट मुक्त गरी राज्य र जनतालाई सुख, शान्ति, सुव्यवस्था र समृद्धिमा पुर्‍याउनका लागि अपनाइने बहुआयामिक सुरक्षा रणनीतिलाई नै राष्ट्रिय सुरक्षा व्यवस्थापन भनिन्छ ।

राष्ट्रिय सुरक्षा व्यवस्थापनका आधारभूत आयामहरू, क्षेत्र, कार्य क्षेत्र, अन्तरवस्तु र तत्त्व निम्नानुसार छन् ।

१) आन्तरिक सुरक्षा व्यवस्थापन 
२) बाह्य सुरक्षा व्यवस्थापन 

१) आन्तरिक सुरक्षा व्यवस्थापन 

- नागरिक सुरक्षा नागरिकको सुखी र खुसी जीवनको सुरक्षा
- नागरिक जीवनको सर्वतोमुखी सुरक्षा 
- नागरिक जीवनको सर्वाङ्गीण तवरले संरक्षण
- राजनीतिक सुरक्षा राजनीतिक प्रणालीमा स्थिरता 
- जनउत्तशदायी शासन 
- मानवअधिकार
- कानुनी राज्य र सुशासन 

आर्थिक सुरक्षा 

- आर्थिक सबलीकरण 
- आत्मनिर्भर अर्थतन्त्र 
- आर्थिक समुन्नति 

सामाजिक सुरक्षा 

- सामाजिक संरक्षण, न्याय र सुरक्षा 
- समानता, सहिष्णुता र ऐक्यबद्धता 
- समृद्ध सामाजिक जीवन 

अन्य सुरक्षा 

- पर्यावरणीय सुरक्षा 
- राष्ट्रियता र एकताको प्रवर्द्धन 
- शान्ति र सुव्यवस्था 
- द्वन्द्व व्यवस्थापन 
- सैन्य शक्ति र क्षमतामा स्तरोन्नति 
- समझदारी र सद्भाव निर्माण 

२) बाह्य सुरक्षा व्यवस्थापन 

क) अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति  

- सुमधुर अन्तर्राष्ट्रिय सम्बन्ध
- सन्तुलित कूटनीतिक व्यवहार
- अन्तर्राष्ट्रिय सौहार्दता र सहकार्य

ख) शक्ति सन्तुलन र सीमा सुरक्षा 

- सीमा विवाद निरूपण 
- सीमा क्षेत्रका अपराध नियन्त्रण 
- सन्तुलित र सहकार्यात्मक सैन्य अभ्यास र समन्वय 

ग) विश्वव्यापी सुरक्षा र साझेदारी 

- आतंक नियन्त्रण, संगठित अपराध नियन्त्रण 
- जलवायु अनुकूलता 
- समावेशी विकास, सहकार्य र साझा प्रयत्न 
- विश्वव्यापी मानवीय सुरक्षा 

राष्ट्रिय सुरक्षा व्यवस्थापन अवधारणा 

यसको सुरुवात अमेरिकाबाट भएको हो । यसअन्तर्गत निम्नलिखित अवधारणा पर्छन् । 

क) परम्परागत अवधारणा (द्वितीय विश्वयुद्धअघिको अवधारणा)

- राष्ट्रिय सम्प्रभुता, सीमा र अखण्डताको रक्षा 
- बाह्य असुरक्षाको प्रतिरक्षा 
- परम्परागत कूटनीति 
- जनताको जीउधनको रक्षा एकपक्षीय सुरक्षा वा सैन्य सुरक्षालाई महत्त्व दिएको 

ख) आधुनिक अवधारणा (द्वितीय विश्वयुद्धपछिको अवधारणा)

- यूएनअको स्थापना/सुरक्षा परिषद् गठन 
- १९४७ माअमेरिकामा राष्ट्रिय सुरक्षा परिषद्को गठन 
- शीत युद्धको लहर 
- विश्व ध्रुवीकरण र असंलग्न राष्ट्रहरूको निर्माण 
- यूएनको सहयोयमा विल्ली ब्रान्टको गठन, १९८०
- विश्वव्यापीकरणको अवधारणा- १९९० को दशक 
- सन् २००९ मा यूएनडीपी अवधारणा, जसमा 
मानव सुरक्षा, सामाजिक सुरक्षा, आर्थिक सुरक्षा, वातावरण/पर्यावरण सुरक्षा, दिगो विकास, अपराध नियन्त्रण पर्छन् ।

राष्ट्रिय सुरक्षा व्यवस्थापनमा देखिएका चुनौतीहरू

१) आन्तरिक सुरक्षाका चुनौतीहरू

- नेपाल र नेपालीको सुरक्षा
- सीमा सुरक्षाको प्रभावकारी व्यवस्थापन र संगठित अपराधबाट हुने खतरालाई नियन्त्रण गर्नु 
- जातीय, भाषिक, धार्मिक, भौगोलिक, लैंगिक आधारमा बाँचेका नेपालीलाई विविधताको सम्मान गर्ने अनि एकता बलियो पार्नु
- सबै प्रकारका प्राकृतिक प्रकोपबाट जनतालाई सुरक्षा
- ठूला पूर्वाधारका आयोजनाहरू, महत्त्वपूर्ण स्थलहरू, अतिविशिष्ट विशिष्ट व्यक्तिको सुरक्षाको चुनौती
- सामाजिक सुरक्षाको सुदृढीकरण 

माथि उल्लेखित चुनौतीका अतिरिक्त राष्ट्रिय सुरक्षा जस्तो संवेदनशील विषयमा सदैव सतर्क रही काम गर्नुपर्ने हुन्छ । 

२) बाह्य सुरक्षाको चुनौती

करिब ६ दशकभन्दा लामो समयदेखि यूएनओको सदस्यको रूपमा असंलग्न आन्दोलनप्रति प्रतिबद्ध रहेको राष्ट्रका छिमेकी मित्र राष्ट्र भारत र चीन तथा अन्य मित्र राष्ट्रहरू समानता, सहअस्तित्व, पारस्परिक समझदारी र असल छिमेकीपनप्रतिको हाम्रो विश्वासको आधारमा सम्बन्ध राख्न चाहन्छन् । बाह्य सुरक्षाका निम्ति निम्नलिखित चुनौती देख्न सकिन्छ ।

- समानता, सहअस्तित्व, पारस्परिक समझदारी र असल छिमेकीपनप्रतिको हाम्रो विश्वास कहिलेकाहीँ पातलिँदै गरेको अनुभूति
- राष्ट्रिय अर्थतन्त्र, बढ्दो परनिर्भरता घटाउन बाह्य मित्र राष्ट्र तथा दातृ संस्थासँग सार्थक बहस गर्न सक्ने क्षमता
- सीमा सुरक्षाका सवाल

नेपालको राष्ट्रिय सुरक्षाका विद्यमान प्रावधानहरू

क) संवैधानकि प्रावधान 

- राष्ट्रिय सुरक्षा तथा एकतासम्बन्धी नीति, धारा ५१ 
- राष्ट्रिय सुरक्षा परिषद्, धारा २६६
- संकटकालीन अवस्थाको घोषणा वा आदेश, धारा २७३
- शान्ति र मैत्री सुरक्षा र सामाजिक सम्बन्ध नेपाल राज्यको सिमानाको सन्धि वा सम्झौताको संघीय संसदको २ तिहाइबाट अनुमोदन, सम्मउलन, स्वीकृति वा समर्थन, ‌धारा २७९ 
- अन्तर्राष्ट्रिय समन्वयसम्बन्धी निर्देशक सिद्धान्त, धारा ५०
- परराष्ट्र नीति, धारा ५१ 
- मौलिक हकहरू

ख) कानुनी प्रावधान

- नेपाल सररकार कार्य विभाजन नियमावली, २०७४
- सुशासन ऐन, २०६४ नियमावली, २०६५
- मानवअधिकार आयोग ऐन, २०६८
- निर्वाचनसम्बन्धी कानुनहरू

सुरक्षा निकायसम्वद्ध कानुनहरू

- नेपाल प्रहरी ऐन, २०१२ र नियमावली, २०७१ 
- हातहतियार तथा खरखजानासम्बन्धी ऐन, २०१९
- स्थानीय सरकार सञ्चालन ऐन, २०७४
- नेपाल सशस्त्र प्रहरी ऐन, २०५८
- सैनिक ऐन, २०६३
- संगठित अपराध निवारण ऐन, २०७०

आर्थिक कानुनहरू

- आर्थिक कार्यसम्बन्धी ऐन, २०५५ र नियमावली, २०५६
- सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ 
- लेखापरीक्षण ऐन, २०७५

सामाजिक कानुनहरू

- योगदानमा आाधारित सामाजिक सुरक्षा ऐन, २०७४
- जेष्ठ नागरिक ऐन, २०६३
- छुवाछुत तथा जातीय भेदभावविरुद्धको कसुर र सजायसम्बन्धी ऐन, २०६८

पर्यावरणीय कानुनहरू

- वातावरण संरक्षण ऐन, २०७६
- उपभोक्ता संरक्षण ऐन, २०७५
- जलस्रोत ऐन, २०४९
- खानी तथा खनिज पदार्थसम्बन्धी ऐन, २०४२

ग) संस्थागत  प्रावधान 

- नेपाल सरकारका मन्त्रालयहरू, गृह मन्त्रालय, रक्षा मन्त्रालय, शान्ति मन्त्रालय आदि
- राष्ट्रिय सुरक्षा परिषद् , प्रधानमन्त्रीको अध्यक्षतामा संविधानको धारा २६६ अनुसार
- केन्द्रीय सुरक्षा समिति, गृहमन्त्रीको अध्यक्षतामा 
- क्षेत्रीय सुरक्षा समिति, क्षेत्रीय प्रशासकको अध्यक्षतामा 
- जिल्ला सुरक्षा समिति, प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा

नेपालको आन्तरिक र बाह्य सुरक्षालाई थप प्रभावकारी र सुदृढ गर्न निम्न उपायहरू अवलम्बन गर्नु उपयुक्त हुन्छ । 

- इमान्दार र देशभक्तिपूर्ण सोचका आधारमा सरकारमा रहेका राजनीतिक दल र अन्य राजनीतिक दलले राष्ट्रिय सुरक्षामा एउटै मत तयार पार्ने
- सुरक्षामा प्रत्यक्ष रूपमा क्रियाशील प्रशासनिक र सुरक्षा अधिकृतलाई बिना कुनै राजनीतिक हस्तक्षेप व्यावसायिक उत्कृष्टताका आधारमा परिचालन गर्ने
- अपराधको राजनीतीकरण र राजनीतिको अपराधीकरण रोकेर कानुनको सर्वोच्चतालाई मन, वचन र कर्मले लागू गर्ने
- अर्थतन्त्र सबलीकरण
- सबै मित्र राष्ट्रसँग उच्च स्तरको बौद्धिक, विवेकपूर्ण र राष्ट्रिय हितअनुकूल परराष्ट्र नीति संचालन गर्ने
- राजनीतिक र प्रशासनिक क्षमताको विकास ।

निष्कर्ष

राष्ट्रिय सुरक्षाका सबै प्रकारका चुनौतीहरू सम्बोधन गर्न नेपालको प्रशासन समक्ष भए तापनि यसको परिचालन र संस्थागत क्षमता अभिवृद्धिमा अझ बढी ध्यान दिएर राष्ट्रिय सहमतिसहित अघि बढ्न उच्च राजनीतिक नेतृत्व तयार हुनुपर्छ ।

Comments

Popular posts from this blog

Short Summaries of All 12 Stories || Class 12 Optional English

Short Summary of all 10 Essays || Grade 12 || Optional English

Class 12 ǁ Optional English ǁ Model Question Set-1 with Solution