Skip to main content

संविधानवाद भनेको के हो ? संविधानवादको अवधारणाका बारेमा उल्लेख गर्दै संविधानवादका आधारहरु उल्लेख गर्नुहोस।।(3+3+4)

 उत्तर: 

संविधानवाद

===========

संविधानमा कानूनका निश्चित मूल्य, मान्यता एवम् लोकतन्त्रका आधारभूत विषयहरु समावेश हुनु र संविधानमा समावेश भएका उक्त व्यवस्थाहरुको व्यावहारिक प्रत्याभूति भई शासन सञ्चालन हुनुलाई संविधानवाद भनिन्छ। संविधानवाद  कानूनको शासन, सिमित, उत्तरदायी र असल सरकारको मान्यता हो । निरंकुशता, स्वेच्छाचारिता र अनुत्तरदायी शासनको विपरित धारणा हो। संविधानको आदर्शता र सुन्दर पक्ष हो । संविधानको दर्शन हो। लोकतन्त्रको आदर्श हो। नागरिक सम्प्रभुताको अवस्था हो।उदार तथा लोकतान्त्रिक संविधान र नागरिकका हक, अधिकारलाई ध्यान दिने संविधान बमोजिमको शासन व्यवस्था भएमा मात्र संविधानवाद कायम हुन्छ । संविधानप्रतिको सम्मान, संवैधानिक मर्म र भावनाको पालना, नागरिक हक अधिकारको संरक्षण र स्वतन्त्रताको रक्षा गरी संवैधानिक सर्वोच्चता कायम राख्नु संविधानवादको प्रमुख उदेश्य हो । 

संविधानवादको अवधारणा 

===============

संवैधानिक विकाससँगै संविधानवादको अवधारणा आएको हो । अमेरीकी संविधान, फ्रान्सेली संविधान, भारतीय संविधानको संविधानवादको विकासमा महत्वपूर्ण भूमिका रहेको पाइन्छ। सुशासन, मानव अधिकार, कानूनको शासन, समावेशीकरण, सिमित सरकार, सहभागितामूलक शासन जस्ता विषयको अवधारणात्मक विकाससँगै संविधानवादको विकास भएको हो भने देहायका विश्व परिघटनाहरुले संविधानवादको विकासमा अमुल्य योगदान गरेको पाइन्छ ।

• सन् १२१५ को म्याग्नाकार्टाः संसदको सर्वोच्चतालाई आत्मसात, स्वतन्त्रताको दस्तावेज

• सन् १६८८ को गौरवमय क्रान्तीः विल अफ राइट्स

• सन् १७७६ को अमेरिकी स्वतन्त्रता संग्रामःजनताको जीवन, स्वतन्त्रता, खुसीको खोजी

• सन् १७८९ को फ्रान्सेली राज्यक्रान्तीःसबै मानिसहरु स्वतन्त्र र सबैका समान अधिकार

• सन् १८८५ को ए.भी.डायसीको कानूनको शासनको सिद्दान्तःस्वेच्छाचारी शक्तीको अभाव, कानूनको अगाडि समानता, संविधान सामान्य कानूनको उपज 

संविधानवादका आधारहरु

संविधानवाद हुनका लागि संविधानमा आवश्यक पर्ने प्रावधानहरु नैं संविधानवादका आधारहरु हुन, जसलाई देहाय बमोजिम उल्लेख गरिएको छ ।  

• संवैधानिक सर्वोच्चता 

• कानूनको शासन 

• सिमित सरकार 

• लोकतान्त्रिक मूल्य, मान्यता

• शक्ति पृथकिकरण, सन्तुलन र नियन्त्रण 

• आवाधिक निर्वाचन र वालिग मताधिकार 

• स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिका

• न्यायिक पुनरावलोकन 

• अनुमानयोग्य शासन प्रणाली

• जनउत्तरदायी सरकार

• सहभागितामूलक शासन प्रणाली  

• प्रेस स्वतन्त्रता 

• आधारभूत मानव अधिकार  

• बहुमतको सरकार र रचनात्मक प्रतिपक्ष 

• वैधानिक सरकार 

• सार्वभौमसत्ता र राजकीयसत्ता जनतामा 

• संस्थागत र कार्यगत स्वतन्त्रता

• स्वतन्त्र, सक्षम र स्वायत्त संवैधानिक निकायहरु

निष्कर्षः- संविधानवाद संविधानप्रतिको निष्ठा हो । संविधानवाद राज्यको शासन सञ्चालनका सन्दर्भमा सरकारका गतिविधी मार्फत झल्किने हुँदा संविधानमा संविधानवादका आधारहरुको व्यवस्था र उक्त व्यवस्थाहरुको कुशलतापूर्वक प्रयोग गरी संविधानवादको व्यावहारिक प्रत्याभूति गराउन सकिन्छ ।

Comments

Popular posts from this blog

Class 12 Optional English 11 Sets Past Paper(2078-2081) Solution

 Class 12 Optional English 11 Sets Past Paper Solution   CDC Model Question 2078 Optional English Grade: XII                                 Time: 3 Hours                      Full Marks: 75 Group-A Choose and copy the best answer. (11×1=11) 1.      What is a dead language?                 i.    A language no longer used in everyday life.               ii.    A language that no one speaks any more.            iii.    A language that is learnt solely for ceremonial p...

NEB Grade Increment Exam 2081(Set-B) with Complete Solution

  NEB Grade Increment Exam 2081(Set-B) Optional English Grade: XII                                  Time: 3 Hours                           Full Marks: 75 Group ‘A’ Write the correct answer, choosing from the options given below. [11×1=11] 1.     When was English education formally introduced in Nepal? i. 1918                  ii. 1954                 iii. 1990               iv. 1885 2.     Which one of the followings is the main obj...

Class 12 Optional English || 11 Set Past Papers (2078-2081)

    CDC Model Question-2078 Optional English (3341) Grade: XII         Full Marks: 75     Time: 3 Hours Group-A Choose and copy the best answer. (11×1=11) 1.    What is a dead language?                i.    A language no longer used in everyday life.            ii.    A language that no one speaks any more.         iii.    A language that is learnt solely for ceremonial purposes.          iv.    A language that has been lost to history. 2.    The Indo-European family includes ………..languages. i.English, German, Swedish            ii. Latin, French and Modern Languages iii. H...